Kathmandu Press

छविको मुद्दामा ‘कैफियत प्रतिवेदन’ पेश गर्न सर्वोच्चको आदेश 

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले जोशीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन भएको आदेशको कैफियत प्रतिवेदन झिकाएको हो। 
छविको मुद्दामा ‘कैफियत प्रतिवेदन’ पेश गर्न सर्वोच्चको आदेश 

काठमाडौं, वैशाख २ : सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेको ‘कैफियत प्रतिवेदन’ पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासलाई मंगलबार आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले जोशीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन भएको आदेशको कैफियत प्रतिवेदन झिकाएको हो। 

Hardik ivf

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डिआइजी वञ्जाडेलाई थुनामा पठाउन आदेश दिएको थियो। 

बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका जोशी उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर सर्वोच्च पुगेका थिए। उक्त निवेदनमाथि मंगलबार सुनुवाइ भएको थियो। 

सुप्रिम सहकारी ठगी प्रकरणमा जोशी थुनामा राखिएका छन्। जिल्ला अदालत रुपन्देहीले पनि जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। 

प्रकाशित मिति: १७:४५ बजे, मंगलबार, वैशाख २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्