Kathmandu Press

प्रचण्ड भन्छन्– ओली सरकार धेरे टिक्दैन

‘सरकारप्रति सत्तासाझेदार र जनतामा चरम वितृष्णा फैलिएकाले केपी शर्मा ओली सरकारमा बसिरहनुको अर्थ छैन।’
प्रचण्ड भन्छन्– ओली सरकार धेरे टिक्दैन
फाइल तस्बिर।

काठमाडौं, वैशाख २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली नेतृत्वको वर्तमान सरकार धेरे दिन नटिक्ने बताएका छन्। 

तराई-मधेश जागरण अभियानका क्रममा नवलपुरासी पुगेका अध्यक्ष दाहालले सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढेकाले सरकार धेरै नटिक्ने बताए। 

Hardik ivf

‘सरकारप्रति सत्तासाझेदार र जनतामा चरम वितृष्णा फैलिएकाले केपी शर्मा ओली सरकारमा बसिरहनुको अर्थ छैन,’ अध्यक्ष दाहालले पत्रकारहरुसँग भने, ‘ओली सरकारदेखि जनता र कांग्रेस एमालेकै नेता कार्यकर्ता असन्तुष्ट छन्, अब यो सरकारको आयु लामो छैन् ।’

शिक्षक, पत्रकार, लघुवित्त तथा विभिन्न राजनीतिक दल सडक आन्दोलनमा हुँदासमेत सरकारले मुकदर्शक बनेर बसेको दाहालको आरोप छ। 

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, वैशाख २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्