Kathmandu Press

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

दुई शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने उपायबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
फाइल तस्बिर।

काठमाडौं, चैत ३१ : प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच मंगलबार भेटवार्ता भएको हो। भेटमा एक घण्टा लामो कुराकानी भएको जनाइएको छ। 

छलफलको एजेण्डा भने थाहा हुन सकेको छैन। दुई शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने उपायबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। 

साथै, सरकार संचालनमा एकजुट भएर अघि बढ्ने समझदारी भएको समेत जनाइएको छ। प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहालले नयाँ वर्ष, २०८२ मा कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेपछि राजनीतिक सरगर्मी शुरु भएको छ। 

कांग्रेसकै कतिपय नेताहरुले सरकारको आलोचना गरिरहेका बेला एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटघाट भएको हो। 
 

प्रकाशित मिति: १५:२७ बजे, मंगलबार, वैशाख २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्