Kathmandu Press

कांग्रेस महामन्त्रीद्वयले गरे शिक्षकका मागमा छलफल 

शिक्षक महासंघका प्रतिनिधिसँग ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा छलफल गरिएको महामन्त्री थापाको सचिवालयले जानकारी गराएको छ। 
कांग्रेस महामन्त्रीद्वयले गरे शिक्षकका मागमा छलफल 

काठमाडौं, चैत ३१ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका मागबारे छलफल गरेका छन्। 

शिक्षक महासंघका प्रतिनिधिसँग ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा छलफल गरिएको महामन्त्री थापाको सचिवालयले जानकारी गराएको छ। 

शिक्षकले राखेका माग पूरा गराउन महामन्त्रीद्वय थापा र शर्माले पहलकदमी लिने गरी छलफल भएको हो। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु १४ दिनयता काठमाडौंको सडकमा उत्रिएका छन्। 

नेपाल शिक्षक महासंघले गएको चैत २५ गतेदेखि शैक्षिक हडताल घोषणा गरेको थियो।
 
प्रकाशित मिति: १५:२१ बजे, मंगलबार, वैशाख २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्