Kathmandu Press

विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं, वैशाख २ : नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

Hardik ivf

भिजयन थाल्यान्डको बैंककबाट गएराति नेपाल आएको उनले बताए।

‘थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो,’ उनले भने।

भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ।

प्रकाशित मिति: १४:०१ बजे, मंगलबार, वैशाख २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्