Kathmandu Press

कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक-कर्मचारीहरुलाई महासंघको आग्रह 

‘उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनैपनि काममा संलग्न नहुन प्रअ तथा शिक्षक–कर्मचारीहरुलाई आग्रह गर्दछौं,’ महासंघले भनेकाे छ।
कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक-कर्मचारीहरुलाई महासंघको आग्रह 

काठमाडौं, वैशाख २ : नेपाल शिक्षक महासंघले आगामी वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन शिक्षकहरुलाई अपिल गरेको छ। 

महासंघले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको अवधिभर शैक्षिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो।

‘उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनैपनि काममा संलग्न नहुन प्रअ तथा शिक्षक–कर्मचारीहरुलाई आग्रह गर्दछौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पत्रचार गर्दै लेखेका छन्।

उनले शिक्षहरुको जारी आन्दोलनलाई सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन्। 

‘शिघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ-नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गर्दछौं,’ उनले भनेका छन्। 

महासंघको नेतृत्वमा विगत १३ वर्षदेखि काठमाडौं केन्द्रीत गर्दै आइरहेका शिक्षकहरुले आन्दोलनका कार्यक्रम थप चर्काउने बताउँदै आएका छन्। 

Photo-(11)-(24)-1744697788.jpg
 

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, वैशाख २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्