‘नागरिकले द्रूत गतिमा काम चाहेका छन्, सरकारले डेलिभरी गर्न सकेको छैन’
‘देशलाई कंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ। नागरिकको अपेक्षाको जुन गति छ त्यो सरकारले पक्रिन सकेन,’ महामन्त्री थापाले भने।-1743858424.png)
काठमाडौं, वैशाख २ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताएका छन्।
बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा उनले सरकारका काम सुस्त हुँदा समस्या आएको बताएका छन्।
नागरिकले द्रूत गतिमा काम चाहेपनि सरकारले डेलिभरी गर्न नसकेको उनले बताएका छन् ।
‘देशलाई कंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ। नागरिकको अपेक्षाको जुन गति छ त्यो सरकारले पक्रिन सकेन,’ महामन्त्री थापाले भने।
कांग्रेस–एमाले गठबन्धनको सरकारको जिम्मेवारीमा नरहेरै सहयोग गर्न तयार भएको उनले बताए। आफूले जोतिएर सरकारलाई सहयोग गर्दा पनि नागरिक सन्तुष्ट हुने काम नभएको बताए।
सरकारले काम गर्न नसक्दा पार्टीको तल्लो तहमा निराशा छाउने अवस्था आएकाले सरकारलाई खबरदारीको गर्नुपरेको उनले बताए।
प्रकाशित मिति: ११:५० बजे, मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार