Kathmandu Press

थिमिमा सिन्दुर जात्राको रमझम [फोटो फिचर]

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो।
थिमिमा सिन्दुर जात्राको रमझम [फोटो फिचर]

भक्तपुर, वैशाख २ : भक्तपुरको मध्यपुर थिमिका बासिन्दाले आज सिन्दुर जात्रा मनाएका छन्।
 
नयाँ वर्षको भोलिपल्ट मध्यपुर थिमि क्षेत्रका बासिन्दाले हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाएका हुन्। 

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो। यो जात्रामा मानिसहरु एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित मनाउँछन्। 

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो।

Hardik ivf

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् । जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी भइ मनाउँछन् । सिन्दुर जात्रा मध्यपुर थिमिको सबैभन्दा ठूलो जात्रा हो।
 

 

 

Photo-(2)-1744694653.jpg

Photo-(17)-1744694673.jpg

Photo-(12)-1744694670.jpg

Photo-(15)-1744694672.jpg

Photo-(10)-1744694670.jpg

Photo-(5)-1744694655.jpg

Photo-(1)-1744694653.jpg

Photo-(9)-1744694669.jpg

Photo-(6)-1744694663.jpg

Photo-(14)-1744694672.jpg

Photo-(7)-1744694669.jpg

Photo-(19)-1744694673.jpg

Photo-(13)-1744694671.jpg

Photo-(3)-1744694654.jpg

Photo-(4)-1744694654.jpg

Photo-(20)-1744695175.jpg

Photo-(21)-1744695175.jpg

Photo-(26)-1744695235.jpg

Photo-(29)-1744695236.jpg

Photo-(28)-1744695236.jpg

Photo-(27)-1744695235.jpg

Photo-(25)-1744695235.jpg

Photo-(23)-1744695195.jpg

Photo-(24)-1744695235.jpg

Photo-(22)-1744695195.jpg

प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, वैशाख २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्