Kathmandu Press

पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।  
पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना 

काठमाडौं, वैशाख २ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।  

Hardik ivf

कोशी, मधेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । 

विभागका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसैगरी आज राती, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । 

कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
 

प्रकाशित मिति: ०८:२३ बजे, मंगलबार, वैशाख २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्