Kathmandu Press

जाजरकोटमा लगातार भूकम्प, बिहान अर्को धक्का  

जाजरकोटमा लगातार भूकम्प, बिहान अर्को धक्का  
Hardik ivf

काठमाडौं, वैशाख २ : जाजरकोटमा आज बिहान भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:५३ बजे भूकम्प गएको हो । सोमबार राति पनि सोही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि पनि जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रकाशित मिति: ०८:०७ बजे, मंगलबार, वैशाख २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्