जाजरकोटमा लगातार भूकम्प, बिहान अर्को धक्का

काठमाडौं, वैशाख २ : जाजरकोटमा आज बिहान भूकम्प गएको छ । जाजरकोटको पैंक केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:५३ बजे भूकम्प गएको हो । सोमबार राति पनि सोही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि पनि जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: ०८:०७ बजे, मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










