Kathmandu Press

भाषा हराए समाज विखण्डित हुन्छ : देउवा

‘आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, हामीले पनि सुदूरपश्चिमको भाषालाई बचाउनुपर्छ । भाषा बचाउन सबैले योगदान गर्नुपर्नेछ,’ देउवाले भने।
भाषा हराए समाज विखण्डित हुन्छ : देउवा

काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएको बताउँदै चिन्ता व्यक्त गरेका छन्।

देउडा समाज केन्द्रीय कार्यालयले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो चिन्ता प्रकट गरेका हुन्। 

भाषा हराउँदै जानु चिन्ताको विषय भएको भनाई सभापति देउवाको छ। भाषा हराए समाज कमजोर र विखण्डित हुने समेत देउवाले बताए।

सभापति देउवाले भने, ‘जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर हुन्छ। समाज विखण्डित हुन्छ भन्ने भनाइ छ। हामीले आफ्नै भाषा बोल्न छाडेका छौं। हामी सबै नेपाली बोल्न थालेका छौं। अझ कतिले त आफ्ना छोराछोरीसँग नेपालीमा पनि होेइन, अंग्रेजीमा बोल्ने गरेका छन्।’

देउवाले संसारभर भाषा बचाउने अभियान र संघर्ष चलिरहेको स्मरण पनि गराए । ‘आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, हामीले पनि सुदूरपश्चिमको भाषालाई बचाउनुपर्छ । भाषा बचाउन सबैले योगदान गर्नुपर्नेछ,’ देउवाले भने। 

उनले भाषासँगै सुदूरपश्चिमको संस्कृति जोगाउन पनि सबै लाग्नु पर्ने बताए । उनले १ वैशाखलाई विशु संक्रान्तिका रूपमा मनाउने गरिएको चर्चा पनि गरे ।

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, वैशाख १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्