Kathmandu Press

इलाम र नेपालका राम्रा कथा लगेर प्रचार गर्न परराष्ट्रमन्त्रीको राजदूतहरुलाई आग्रह

उनले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाहरुको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गरिन्।
इलाम र नेपालका राम्रा कथा लगेर प्रचार गर्न परराष्ट्रमन्त्रीको राजदूतहरुलाई आग्रह

काठमाडौं, वैशाख १ : परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले पर्यटन क्षेत्र नेपालको विकास र समृद्धीको आधार रहेको बताएकी छन्।

परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको ‘रिट्रिट’ कार्यक्रममा मन्त्री राणाले उक्त भनाई राखेकी हुन्।

उनले नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण रहेको बताइन्। ‘हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन्’, मन्त्री राणाले भनिन्।

Hardik ivf

उनले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाहरुको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गरिन्।

उक्त कार्यक्रममा बेलायत, जापान, अस्ट्रेलिया लगायत १५ भन्दा बढी देशका राजदूत एवं विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन्। उनीहरुले कन्यामको सुन्दरता र चियाबारीको आकर्षणलाई तस्बिरमा कैद गर्नुका साथै सोमबार बिहान अन्तुबाट सूर्याेदयको अवलोकन गरेका थिए।

उक्त अवसरमा परराष्ट्र मन्त्री डा.राणाले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको पनि बताइन्।

नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृंखलाको पनि मन्त्री राणाले प्रशंसा गरिन्। इलामलाई चियाका फाँटैफाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा उनले चित्रण गरिन्।

‘इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न म सबैलाई आग्रह गर्दछु,’ मन्त्री डा.राणाको भनाई थियो। त्यसक्रममा मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका ‘राजदूत’ बन्न पनि आग्रह गरिन्।

‘मेरो आग्रह छ कि यहाँबाट फर्किंदा तपाईंहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस्,’ कार्यक्रममा मन्त्री राणाको भनाई थियो। परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको अद्वितीय सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई सुनेर भन्दा पनि आफैंले देखेर मनन् गर्न आग्रह गरे।

 

 

प्रकाशित मिति: १६:५९ बजे, सोमबार, वैशाख १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्