Kathmandu Press

प्रधानमन्त्रीलाई कांग्रेस सहमहामन्त्री परियारको पत्र– शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ

‘पार्टीको तर्फबाट अनौपचारिक रुपमा सरकारका सरोकारवाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ । तथापि, आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ।’
प्रधानमन्त्रीलाई कांग्रेस सहमहामन्त्री परियारको पत्र– शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ

काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सोमबार प्रधानमन्त्री केपी ओलीलाई खुला पत्र लेख्दै नेपाल शिक्षक महासंघका माग सम्बोधनका लागि ढिलाई नगर्न आग्रह गरेका छन्।

सहमहामन्त्री परियारले सामाजिक सञ्जाल फेसुबकमार्फत् प्रधानमन्त्री ओलीलाई पत्र लैखदै शिक्षक महासंघले अघि सारेका मागहरू सम्बोधनको आग्रह गरेका हुन्। 

उनले शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक गरेका सम्झौताहरू स्मरण गराएका छन्। साथै, शिक्षकका उठाएका जायज मागप्रति आफ्नो समर्थन रहेको पनि बताएका छन्।

पत्रमा लेखिएको छ, ‘पार्टीको तर्फबाट अनौपचारिक रुपमा सरकारका सरोकारवाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ । तथापि, आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ।’

परियारले शिक्षक आन्दोलनप्रति सरकार गम्भीर नभएको समेत बताएका छन् । शिक्षक महासंघको आन्दोलन १–२ दिनभित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने माग पनि उनले गरेका छन्।

शिक्षकको शालीनतालाई कमजोरीका रुपमा त हेरिएको होइन? भन्ने प्रश्न समेत परियारले गरेका छन्।

प्रकाशित मिति: १६:५१ बजे, सोमबार, वैशाख १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्