दाहालको अभिव्यक्तिप्रति एमालेको आपत्ति
राष्ट्रिय राजनीतिका अरु कुरा छाडेर सरकार परिवर्तनको मात्र कुरा गर्नु दाहालको सत्तामोह मात्र भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।-(51)-1744626375.jpg)
काठमाडौं, वैशाख १ : नयाँ वर्षसँगै सरकार फेरिन भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपा एमालेले आपत्ति जनाएको छ।
सोमबार बसेको एमाले सचिवालय बैठकले दाहालले सरकारको परिवर्तनको हल्ला गरेर कुण्ठा र पीडाबोध मात्र प्रकट गरेको ठहर गरेको छ। अध्यक्ष दाहालले आइतबार चितवनमा यस्तो व्यक्ति दिएका थिए।
राष्ट्रिय राजनीतिका अरु कुरा छाडेर सरकार परिवर्तनको मात्र कुरा गर्नु दाहालको सत्तामोह मात्र भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ। यो सरकार बाहिर हुँदाको एक खालको कुण्ठा र पीडाबोध प्रकट हुन्छ। अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ न औचित्य छ,’ बैठकपछि ज्ञवालीले भने, ले भने, ‘राष्ट्रिय राजनीतिको अरु यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्तामोह बाहेक अरु केही पनि होइन। त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं।’
बैठकले बैसाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको पार्टीका उपमहासचिव ज्ञवालीले बताए।
एमालेले लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्नशर्मा न्यौपाने जाजरकोट, शोभाराम बस्नेत दाङ, बाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौं, शत्यनारायण मण्डल सप्तरी र हरिचरण सिवाकोटी झापालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मान प्रदान गर्ने छन्।
