Kathmandu Press

नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन : बास्कोटा

प्रेस चौतारी नेपालले काभ्रेमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजतन्त्र भूत भइसकेको बताउँदै उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य सकिएको बताए ।
नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन : बास्कोटा

काभ्रे, वैशाख १ : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको बताएका छन्। 

प्रेस चौतारी नेपालले काभ्रेमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजतन्त्र भूत भइसकेको बताउँदै उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य सकिएको बताए । उनले राजतन्त्र अब इतिहासको पाना पछाडि नफर्कने बताए।

नेपाल लोकतन्त्रको राजमार्गमा आफ्ना कमजोरी र त्यसका बलिया कुराहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढता पूर्वक लागिरहेको उनले बताए। 

प्रकाशित मिति: १२:१८ बजे, सोमबार, वैशाख १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्