जुड़ शितलको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा
मधेस प्रदेश सरकारले जुड़ शितलको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
जनकपुर, चैत ३१ : मधेस प्रदेश सरकारले जुड़ शितलको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
मधेश प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै मधेस प्रदेशमा मनाइने जुड़ शितल (सिरुवा) पर्वलाई लिएर वैशाख २ गते सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।
२०८१ चैत २२ गते २०८२ सालमा दिइने थप विदा सम्बन्धि प्रकाशित राजपत्र बमोजिम प्रदेश सरकारले वैशाख २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मधेश प्रदेशमा प्रत्येक वर्ष बैशाख २ गत्ते धुमधामका साथ जुड शितल मनाइन्छ । यस क्षेत्रमा ठूलाबडासँग जुडाएर आर्शिवाद लिनुका साथै, हिलो खेल्ने परम्परा रहिआएको छ ।
प्रकाशित मिति: २०:१३ बजे, आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
