Kathmandu Press

तीनकुने घटनाबारे पूर्वराजा शाहले के भने?

उनले तीनकुने घटनालाई हिंसात्मक र दु:खद भनेका छन्।
तीनकुने घटनाबारे पूर्वराजा शाहले के भने?

काठमाडौं, चैत ३१ : पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको तीनकुनेमा चैत १५ गते उनका समर्थकहरूले गरेको हिंसात्मक प्रदर्शनबारे धारणा सार्वजनिक गरेका छन्।

आइतबार नयाँ वर्षको उपलक्ष्यमा पूर्वराजा शाहले जारी गरेको एक भिडियो सन्देशमा तीनकुने घटनाबारे पनि बोलेका छन्।

उनले तीनकुने घटनालाई हिंसात्मक र दु:खद भनेका छन्।

‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ,’ पूर्वराजा शाहले भनेका छन्।

चैत १५ गते राजसंस्था पुनस्थापनाका लागि गठित जनआन्दोलन समितिको नेतृत्वमा तीनकुनेमा हिंसात्मक प्रदर्शन भएको थियो।

त्यतिबेला राजावादी प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका थिए। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो।

घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईं शुक्रबार पक्राउ परेका थिए। उनीविरू राज्यविरूद्धको कसुरमा अनुसन्धानका लागि १२ दिन म्याद थप भएको छ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा पनि पक्राउ परिसकेका छन्।

उनीहरू काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्। 

प्रकाशित मिति: १७:४५ बजे, आइतबार, चैत ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्