Kathmandu Press

कांग्रेस सभापति देउवाले भने– शिक्षकहरूको माग तत्काल सम्बोधन हुनुपर्छ

‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैंले कुरा गरेको छु । छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नुपर्छ। शिक्षकहरुको माग के हो त्यो पूरा गर्न पनि सरकारको ध्यान जानुपर्छ,’ उनले भने।
कांग्रेस सभापति देउवाले भने– शिक्षकहरूको माग तत्काल सम्बोधन हुनुपर्छ

काठमाडौं, चैत ३१ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षक आन्दोलनको बारेमा सरकारसँग छलफल गरेको भन्दै यसलाई छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नु्पर्ने बताए।

‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैंले कुरा गरेको छु । छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नुपर्छ। शिक्षकहरुको माग के हो त्यो पूरा गर्न पनि सरकारको ध्यान जानुपर्छ,’ उनले भने।

सभापति देउवाले नेपालको संविधान अत्यन्तै राम्रो संविधान भएको भन्दै यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता रहेको बताए।

‘हाम्रो देश समानुपातिक समावेशीको आधारमा अगाडि बढिरहेको छ । यसमा मुस्लिम समाजको पनि प्रतिनिधित्व रहेको छ। त्यसकारण नेपालको संविधान अत्यन्तै राम्रो संविधान हो,’ उनले भने, ‘यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता छ। यसमा जनजाती, आदिबासी, मुस्लिम, थारु, मधेशी, महिलालगायत सबैको समावेशिता छ।’

नेपालमा सबैजना मिलेर बस्ने समाज रहेको भन्दै नेपालको राजनीतिमा यस्तो खालको सामाजिक सद्भावले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।  

प्रकाशित मिति: १६:१६ बजे, आइतबार, चैत ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्