Kathmandu Press

मुलुक नयाँ सरकार बन्ने दिशातर्फ देशअघि बढ्यो : अध्यक्ष दाहाल

‘मुलुक नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढेको अहिलेको नयाँ अनुभवका आधारमा मैले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको छु,’ उनले भने।
मुलुक नयाँ सरकार बन्ने दिशातर्फ देशअघि बढ्यो : अध्यक्ष दाहाल
फाइल तस्बिर।

चितवन, चैत ३१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक नयाँ सरकार बन्ने दिशातर्फ देशअघि बढेको बताएका छन्। 

भरतपुर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएको भन्दै देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढेको बताए। 

Hardik ivf

‘मुलुक नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढेको अहिलेको नयाँ अनुभवका आधारमा मैले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको छु,’ उनले भने।

उनले सरकारतर्फ माओवादीको ध्यान नरहेको पनि बताए। तर अहिलेको सरकार धेरै अगाडि जान सहज छैन भन्ने परिस्थितिले देखिएको भनाई प्रचण्डले राखेका छन्। 

‘चौतर्फी रूपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको छ । त्यसको असर सडकमा पनि देखिएको छ। नयाँ वर्षले केही न केही निकास लिएर आउने छ,’ अध्यक्ष दाहालले भने, ‘राम्रा काम गर्न, राजनीतिक दललाई आत्मसमीक्षा गर्न, आत्मालोचना गर्न र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको छ।’ 

संचारकर्मीको जिज्ञासामा उनले ०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको पनि बताए। 

प्रकाशित मिति: १५:१९ बजे, आइतबार, चैत ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्