Kathmandu Press

आन्दोलनका कार्यक्रममा पुनर्विचार गर्न शिक्षकलाई संसदीय उपसमितिको आग्रह 

उपसमितिले आन्दोलनरत शिक्षकहरूको विषय विधेयकको विषयवस्तु रहेको भन्दै आन्दोलनबारे पुनर्विचार गर्न आग्रह गरेको हो। 
आन्दोलनका कार्यक्रममा पुनर्विचार गर्न शिक्षकलाई संसदीय उपसमितिको आग्रह 

काठमाडौं, चैत ३१ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा गठित उपसमितिले आन्दोलनरत शिक्षकहरूलाई आन्दोलनका कार्यक्रमबारे पुनर्विचार गर्न आग्रह गरेको छ।

उपसमितिले आन्दोलनरत शिक्षकहरूको विषय विधेयकको विषयवस्तु रहेको भन्दै आन्दोलनबारे पुनर्विचार गर्न आग्रह गरेको हो। 

Hardik ivf

विद्यालय शिक्षा विधेयक छिटो जारी गर्न माग गर्दै शिक्षकहरूले बाह्र दिनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन्। 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएका विवादित विषयमा समान धारणा बनाउन र सहमति जुटाउन समिति सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति बनाएको थियो।
 

प्रकाशित मिति: १५:११ बजे, आइतबार, चैत ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्