Kathmandu Press

संविधान राम्रो भए पनि कसैको बहुमत आउन गाह्रो छ : देउवा 

‘हाम्रो पार्टीले सबैलाई समावेशी बनाउन समानुपातिक किसिमको विधान तय गरेको छ। मुस्लिम समुदायबाट पनि ठूला ठूला नेताहरू हुनुहुन्छ,’ सभापति देउवाले भने। 
संविधान राम्रो भए पनि कसैको बहुमत आउन गाह्रो छ : देउवा 

काठमाडौं, चैत ३१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउन सक्ने भए पनि कुनै दलको बहुमत आउन गाह्रो रहेको बताएका छन्। 

नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री देउवाले उक्त भनाई राखेका हुन्। 

Hardik ivf

उनले समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको र वर्तमान संविधानले महत्वपूर्ण भूमिका खेलिरहेको भनाई राखे। 

‘हाम्रो देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको छ। यसमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व छ । नेपालको संविधान अत्यन्तै राम्रो छ,’ उनले भने, ‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ।’

उनले मुस्लिम समुदायबाट पनि नेपाली कांग्रेसमा धेरै नेताहरूको प्रतिनिधित्व रहेको भन्दै उक्त विषय खुसीको कुरा रहेको बताए। 

‘हाम्रो पार्टीले सबैलाई समावेशी बनाउन समानुपातिक किसिमको विधान तय गरेको छ। मुस्लिम समुदायबाट पनि ठूला ठूला नेताहरू हुनुहुन्छ,’ सभापति देउवाले भने। 

सभापति देउवाले समावेशी र समानुपातिक आधारमा देश अघि बढिरहेको बताउँदैसंविधानले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए।


 

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, चैत ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्