Kathmandu Press

शिक्षकका मागमा छलफल गर्न शिक्षामन्त्री अर्थ मन्त्रालय पुगिन् 

शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि सम्वन्धित रहेकाले शिक्षामन्त्री भट्टराई छलफलका लागि अर्थ मन्त्रालय पुगेकी हुन्। 
शिक्षकका मागमा छलफल गर्न शिक्षामन्त्री अर्थ मन्त्रालय पुगिन् 
फाइल तस्बिर।

काठमाडौं, चैत ३१ : आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने बिषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थमन्त्री विष्णु पौडेललाई भेट्न अर्थ मन्त्रालय पुगेकी छिन्।

शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि सम्वन्धित रहेकाले शिक्षामन्त्री भट्टराई छलफलका लागि अर्थ मन्त्रालय पुगेकी हुन्। 

शिक्षकका सेवा सुविधाको विषयमा स्रोतको व्यवस्थापन गर्नुपर्ने भएकाले अर्थमन्त्रीसँग शिक्षामन्त्री भट्टराईले छलफल गर्न थालेकी हुन्। 

शिक्षकहरुले नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । शिक्षक र सरकारका प्रतिनिधिहरुबीच संवाद भइरहे पनि कुनै निर्णय आएको छैन। स्रोतका अनुसार अर्थमन्त्रीसँग छलफल सकिएपछि शिक्षक र सरकारबीच सछलफल हुने छ।

प्रकाशित मिति: १४:१४ बजे, आइतबार, चैत ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्