Kathmandu Press

वीरगञ्जमा कर्फ्यू लम्ब्याइयाे, अब राति १२ बजेसम्म

शनिबार दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ः३०देखि आज दिउँसो १२ बजेसम्मका लागि लगाइएको कर्फ्यू राति १२ बजेसम्मका लागि बढाइएको हो। 
वीरगञ्जमा कर्फ्यू लम्ब्याइयाे, अब राति १२ बजेसम्म

पर्सा, चैत ३१ : शनिबार साँझबाट वीरगञ्जमा लगाइएको कर्फ्यू लम्ब्याएको छ। 

शनिबार दुई समुदायबीच झडप भएपछि शनिबार साँझ ७ः३०देखि आज दिउँसो १२ बजेसम्मका लागि लगाइएको कर्फ्यू राति १२ बजेसम्मका लागि बढाइएको हो। 

स्थिति अझै सामान्य नबनेको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु समय बढाएको हो। 

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको छ। 

विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा शनिबार अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो।

प्रकाशित मिति: १२:४९ बजे, आइतबार, चैत ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्