Kathmandu Press

जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध

शिक्षक, डाक्टर, नर्स, लघुबित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरु आन्दोलनमा रहेका बताउँदै उनले जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।
जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध
फाइल तस्बिर।

चितवन, चैत ३१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन्।

चिवतन पुगेका दाहलाले पत्रकारसँग कुरा गर्दै शिक्षक, डाक्टर, नर्स, लघुबित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरु आन्दोलनमा रहेका बताउँदै जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।

फरक प्रसङ्गमा दाहालले नयाँ वर्ष २०८२ मा राजनीतिक दलहरुलाई नयाँ संकल्पका साथ अघि बढ्न जरुरी रहेको बताए। 

उनले जनता र राष्ट्रको आवश्यकता अनुसार अघि बढ्नका लागि नयाँ संकल्प जरुरी रहेको बर्ताए।

प्रकाशित मिति: १२:०५ बजे, आइतबार, चैत ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्