वीरगञ्जमा कर्फ्यू
जिल्ला प्रशासनले आजै साँझ साढे ६ बजेदेखि लागू हुनेगरी भोलि दिउँसो १२ बजेसम्मका लागि वीरगञ्जमा कर्फ्यू लगाएको हो।-(50)-1744465157.jpg)
पर्सा, चैत ३० : पर्साको वीरगञ्जमा कर्फ्यु लगाइएको छ।
हनुमानको जन्मजयन्तीको अवसरमा वीरगञ्ज निस्केको शोभा यात्राका क्रममा शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले अवस्था नियन्त्रणमा लिन कर्फ्यू लगाएको हो।
जिल्ला प्रशासनले आजै साँझ साढे ६ बजेदेखि लागू हुनेगरी भोलि दिउँसो १२ बजेसम्मका लागि वीरगञ्जमा कर्फ्यू लगाएको हो।
प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्ने गरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ । उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।
स्थानीय बासिन्दालाई सुरक्षित रहन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरिएको ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो। अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ।