वीरगञ्जमा दुई पक्षबिच झडप, अश्रुग्यास प्रहार
झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीय कृषनन्दन साहले जानकारी दिए। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ।-(50)-1744465157.jpg)
पर्सा, चैत ३० : पर्साको वीरगञ्जस्थित छपकैया क्षेत्रमा दुई पक्षबिच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ।
हनुमानको जन्मजयन्तीको अवसरमा वीरगञ्ज निस्केको शोभा यात्रा छपकैया पुग्दा झडप भएको हो। छपकैया क्षेत्रमा रहेका केही पसल र मोटरसाइकलमा आगजनी भएको छ
झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीय कृषनन्दन साहले जानकारी दिए। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ।
-(60)-1744465157.jpg)
हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीका अवसरमा वीरगञ्जका विभिन्न मन्दिरहरूमा विशेष पूजाआराधना, हनुमान चालिसा पाठ, तथा धार्मिक शोभायात्राको आयोजना हँुदै आएको छ।
प्रकाशित मिति: १८:२५ बजे, शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












