Kathmandu Press

जनतामा अहिले निकै ठूलो आक्रोस छ : अध्यक्ष दाहाल

उनले जनतामा अहिले निकै ठूलो आक्रोस रहेको भन्दै यो अवस्थामा देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नुपर्ने बताए। 
जनतामा अहिले निकै ठूलो आक्रोस छ : अध्यक्ष दाहाल
फाइल तस्बिर।

काठमाडौं, चैत ३० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टीमा स्वागत गरेका छन्। 

शनिबार पार्टी प्रवेश गराउने क्रममा उनले संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचन प्रणाली देशलाई आवश्यक रहेको बताए।

‘संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति यो देशलाई आवश्यक छ। संघीय लोकतान्त्रि गणतन्त्र सुहाउँदो निर्वाचन प्रणाली पनि यो देशलाई आवश्यक छ भनेर भनिराख्दा अहिले देशमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एउटा अभियान सुरु गरेका थियौं,’ उलने भने।

उनले जनतामा अहिले निकै ठूलो आक्रोस रहेको भन्दै यो अवस्थामा देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नुपर्ने बताए। 

‘अपारदर्शी र अलोकतान्त्रिक तरिकाले संविधान मिचेर अहिलेको सरकार बनेको छ। त्यसकारण जनतामा अहिले निकै ठूलो आक्रोस छ। असन्तुष्टि छ, सडकमा जनता विभिन्न रुपमा उत्रिरहेका छन्। शिक्षक, डाक्टर, नर्स सबै आन्दोलनमा छन्। सरकारमा भएका बाहेकका पार्टी पनि सडकमा नै छन्,’ अध्यक्ष दाहालले भने, ‘यो अवस्थामा हामीले देशको एकतालाई बचाउँदै राजनीतिक परिवर्तनको रक्षा र अगाडि बढेर देश विकास गर्नु छ।’ 

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, चैत ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्