अरुले २० वर्षमा गर्न नसकेको काम हामीले ३ वर्षमा गर्यौं : प्रधानमन्त्री
राजनीति अस्थिर भएपछि अनेक मानिसहरु निस्किएको बताए। देशमा स्थायीत्व ल्याउने उदेश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ।-(31)-1744455582.jpeg)
झापा, चैत ३० : प्रधानमन्त्री केपी ओलीले अरुले २०औं वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन्।
शनिबार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरिय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदनभण्डारी जस्ता राजमार्ग ३ वर्षमा बनाइएको बताए।
प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बता । प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए। उनले भने, ‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडि हाँक्छु भनेजस्तै हो।’
राजनीति अस्थिर भएपछि अनेक मानिसहरु निस्किएको बताए। देशमा स्थायीत्व ल्याउने उदेश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ। उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौं। अब देशले थप गति लिन्छ।’
नयाँ भन्नेहरुको हालत देखिएको बताउँदै उनले जथाभावि छाडा बोलेर देश बनाउँछन् भनेर धाक लगाउनेहरुका भ्रममा नपर्न आग्रह गरे। ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरु राज फर्काउछौं भनेर हिडेको असली स्वरुप चैत्र १५ गते देखिएको प्रधानमन्त्रीको भनाई छ।
सरकारका सबै सूचकांक सकारात्मक दिशामा रहेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले आगामी बजेटबाट थप सुधारका बाटोमा लान सकिने उल्लेख गरेका छन्। उनले झापाका कृषहरुलाई आधनीकिकरण गरेर कृषकलाई प्रगति गर्न आग्रह गरे।
