‘ग्रिन इकोनोमी’मा पर्यटन क्षेत्रको ठूलो योगदान छ’
नेपालमा जलवायु परिवर्तनका लागि न्यून योगदान भएपनि बढी नोक्सानीको सामना गर्नुपरेको सीईओ जोशीले बताएका छन्।
काठमाडौं, चैत ३० : नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले ‘ग्रिन इकोनोमी’का लागि पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताएका छन्।
नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘पर्यटन क्षेत्रमा वातावरण प्रदुषणको असर’ विषयक अन्तरक्रिय कार्यक्रममा बोल्दै वातावरण प्रदुषणका कारण नेपालको सुन्दर छविलाई छोप्नसक्ने जोखिम रहेको बताएका हुन्।
‘पछिल्लो वर्षहरुमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्न थालेका छन्। यसले वायु प्रदुषण हरेक वर्ष बढिरहेको छ। जसले पर्यटन क्षेत्रले नोक्सानी व्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ,’ उनले भने ‘अन्य निर्माण तथा उद्योगहरुले वायु प्रदुषणका लागि योगदान गरिरहेका छन्। तर, पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रिन इकोनमीका लागि योगदान गरिरहेको छ।’
नेपालमा जलवायु परिवर्तनका लागि न्यून योगदान भएपनि बढी नोक्सानीको सामना गर्नुपरेको सीईओ जोशीले बताएका छन्।
‘अहिले विश्वमा नेपाल प्राकृतिक सुन्दरताको मुलुकको छवि बनाएको छ । तर, पछिल्ला वर्षहरूमा नेपाल बढेको वायु प्रदूषणका कारण सुन्दर मुलुकको छवि छोपिदिएको छ,’ उनले भने।
जोशीले सरकारले पनि पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।
-1747211161.png)