Kathmandu Press

सहकारीले धेरै बदनाम कमायो, अब यस्तो नहोस : सभापति देउवा

उनले अहिले सहकारीको धेरै ठूलो बद्नामी भइरहेको भन्दै यस्तो अवस् स्थापना भएको सहकारीले सच्चा मान्यमा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए।
सहकारीले धेरै बदनाम कमायो, अब यस्तो नहोस : सभापति देउवा

काठमाडौं, चैत ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले बद्नाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित विपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बद्नामी भइरहेको भन्दै यस्तो अवस् स्थापना भएको सहकारीले सच्चा मान्यमा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए।

Hardik ivf

‘विपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बद्नाम र आलोचना हुने काम गर्ने छैन् भन्ने विश्वास छ । अहिले सहकारीको धेरै ठूला् बद्नामि भइरहेको छ, यस्तो हुनु हुँदैन,’ उनले भने, ‘विपि कोइराला जस्तो हाम्रो जननायक नेताको नामबाट जुन यो सहकारी स्थापना भएको छ यसले अवश्य नै सच्चा मान्यमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ ।’

सोही कार्यक्रममा विपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एंव कांग्रेस नेता उमेशजंग रायामाझीले यो सहकारी रविको सहकारी नभएको भन्दै यसले भ्रष्टाचार र ठगी नगर्ने बताए।

विपि कोइरालाको नाममा खोलिएको संस्था भएको हुनाले लोपोन्मुख १० जातिलाई निशूल्क सेवा गर्ने र कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि सेवा दिने निर्णयका साथ अगाडि बढेको उनको भनाई छ।

 

प्रकाशित मिति: १३:३९ बजे, शनिबार, चैत ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्