‘कांग्रेस सत्तामा भए पनि सरकारमा छैन’
उनले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्ने बताए।
काठमाडौं, चैत ३० : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको बताएका छन् ।
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं साधारण सभालाई सम्बोधन गर्दै उनले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्ने बताए।
‘हामी सत्तामा छौं, सरकारमा छैनौं, किनभने हाम्रो प्रतिस्पर्धी एमाले नै हो। एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं ‘, उनले भने, ‘कहीं यो सरकारले गलत गरेको छ कि भनेर हामीले सचेत गराउनुपर्छ।’
नेता डा. कोइरालाले उनले कांग्रेस–एमाले गठन हुँदा भएको संविधान संशोधनको विषयलाई पनि उठाए पनि अहिले त्यो सेलाएको बताए । उनले संविधान संशोधनमा ढिलाई नगर्न पनि उनले आग्रह गरे।
प्रकाशित मिति: १२:१५ बजे, शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1746274827.png)