Kathmandu Press

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी

अध्यक्षमा विजयी भएसँगै गुरूङले संघलाई निश्चित समूहको स्वार्थपूर्तिको माध्यम बन्नबाट रोकि सबै व्यवसायीको हकहितमा काम गर्ने बताए।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी

काठमाडौं, चैत ३० : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ ६१ मतान्तरले विजयी भएका छन्।

गुरुङ म्यानेजमेन्टका संचालक गुरूङ संघमा यसअघि द्वितीय उपाध्यक्ष थिए।

अध्यक्षमा विजयी भएसँगै गुरूङले संघलाई निश्चित समूहको स्वार्थपूर्तिको माध्यम बन्नबाट रोकि सबै व्यवसायीको हकहितमा काम गर्ने बताए।

Hardik ivf

लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसंगको तालमेलमा बनेको यो प्यानलले अध्यक्ष, महासचिवसहित १३ पदमा विजयी भएको छ भने गेलाल समूहका ४ विजयी भएका छन्।

शुक्रबार भएको निर्वाचनमा अध्यक्ष गुरूङले ४२८ मत पाउँदा उनका प्रतिस्पर्धी  नरेश गेलालले ३६७ मत प्राप्त गरे।

प्रथम उपाध्यक्षमा एलाईन्स ह्युमन रिसोर्सका सुजितकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ३७५ मत प्राप्त गर्दा अर्का उम्मेदवा नरेन्द्रप्रसाद ढकालले ३०२ मत प्राप्त गरे।

द्वितीय उपाध्यक्षमा देवकुमार खोखालीले ४०२ मत प्राप्त गरि विजयी भएका छन् भने तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभवले ४३५ मत ल्याई विजयी भए।  

यसैगरी महासचिवमा महेशकुमार बस्नेतले ४२३ मत ल्याई विजयी हुदा प्रतिद्वन्दी गेलाल प्यानलका कर्णराज कटुवालले ६१ मत कमी ३६२ मत प्राप्त गरेका छन्।

यसैगरी सचिवमा कुन्छा दोर्जे डिङ्दोङ ३७४ मत ल्याई विजयी हुँदा कोषाध्यक्षमा विजयी धनु सिंजालीले ४२८ प्राप्त गरे।

यस्तै कार्यसमिति सदस्यहरुमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, राज लामा तामाङ, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, विद्यालक्ष्मी बज्राचार्य, सुमनराज पाण्डे विजयी भएका छन्।

 

प्रकाशित मिति: १०:५२ बजे, शनिबार, चैत ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्