Kathmandu Press

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डा. तिवारी नियुक्त

  गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन्।
गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डा. तिवारी नियुक्त

गण्डकी, चैत २९ :  गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन्।

कुलपति सिफारिस समितिले गत चैत २१ गते तीन जनाको नाम सिफारिस गरेकामा मुख्यमन्त्री पाण्डेले तिवारीलाई नियुक्त गरेका हुन्।  

Hardik ivf

विश्वविद्यालय न्यासिक परिषद् अध्यक्षसमेत रहेका  छनोट समिति संयोजक प्राध्यापक डा. कैलाशनाथ प्याकुरेलसहित सदस्यद्वय प्रदेश लोकसेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद् सदस्य डा यमुना घले समितिमा रहेका थिए।

कुलपतिका लागि तिवारीसहित प्राध्यापक डा. विश्वकल्याण पराजुली र प्राध्यापक डा. सरोज कोइरालाको नाम सिफारिस गरिएको थियो।

पोखरा महानगरपालिका–३१ का तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्वडिन रहेका छन्।

नेपालको पहिलो प्रदेश विश्वविद्यालयका रूपमा गण्डकी विश्वविद्यालय रहेको छ।

यसले गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेशसभाबाट २०७६ असोज २७ मा पारित भएसँगै विश्वविद्यालयको मान्यता पाएको थियो ।

विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी) ब्याचलर अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचल अफ आट्र्स ब्याचलर अफ ल (बिएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई) विषयहरूको अध्ययनअध्यापन हुँदै आएको छ।

प्रकाशित मिति: १९:१८ बजे, शुक्रबार, चैत २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्