Kathmandu Press

दुर्गा प्रसाईंको उपचार प्रबन्ध गर्न अदालतको आदेश  

तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका आरोपी दुर्गा प्रसाईंको स्वास्थ्य उपचार प्रबन्ध मिलाउन अदालतले प्रहरीलाई आदेश दिएको छ। 
दुर्गा प्रसाईंको उपचार प्रबन्ध गर्न अदालतको आदेश  

काठमाडौं, चत २९ : तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका आरोपी दुर्गा प्रसाईंको स्वास्थ्य उपचार प्रबन्ध मिलाउन अदालतले प्रहरीलाई आदेश दिएको छ। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले प्रसाईंको स्वास्थ्य उपचारको प्रबन्ध गर्न आदेश दिएको हो।

Hardik ivf

उनलाई राज्यविरुद्धको कसुरमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै स्वास्थ्य उपचारका लागि पनि आदेश भएको छ।

प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न आदेश दिइएको छ। 
गत चैत १५ गते तीनकुनेमा राजावादील गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। प्रदर्शकारीले आगजनी र लुटपाट समेत मच्चाएका थिए। त्यसपछि प्रसाईं फरार थिए।

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, चैत २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्