Kathmandu Press

तीनकुने घटनामा छानबिन समिति गठन गर्न संसदीय समितिको सरकारलाई निर्देशन

समितिले उक्त घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारको व्यवस्थालाई थप प्रभाकारी बनाउन सरकारलाई निर्देशन दिएको हो।
तीनकुने घटनामा छानबिन समिति गठन गर्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं, चत २९ : संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानबिन समिति गठन गरी दोषीमाथि कानूनी कारबाही गर्न सरकारलाई शुक्रबार निर्देशन दिएको छ।

समितिले उक्त घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारको व्यवस्थालाई थप प्रभाकारी बनाउन सरकारलाई निर्देशन दिएको हो।

समितिले आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक आवश्यक प्रवन्ध मिलाउन सरकाराई निर्देशन दिएको छ। 

उक्त घटनामा आमनागरिकको जिउ धनको सुरक्षा, दरिलो सुरक्षा रणनीतिको निर्माण र नतिजामुलक कार्यान्वयनमार्फत देशमा शान्ति सुरक्षा तथा अमनचयनप्रति प्रत्याभुत गर्ने समबन्धमा राज्यपक्षको कमीकमजोरी देखिएको समितिले जनाएको छ।

आगामी दिनमा शान्ति सुरक्षासँग सम्बन्धित नीति तथा कानुनी सुधार गर्न, सुरक्षा निकायसँग सम्बन्धित निकायलाई साधन स्रोत सम्पन्न र प्रविधि मैत्री बनाउन, संगठनात्मक र मानव स्रोतगत व्यवस्थापन परिणाममुखी बनाउन र अब उप्रान्त यस्ता घटनाहरु दोहोरिन नदिने गरी सुरक्षा चुनौतीको विश्लेषणका आधारमा अपेक्षित सुरक्षा व्यवस्थाको प्रवन्ध गर्न समेत समितिले भनेको छ।

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, चैत २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्