Kathmandu Press

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं, चैत २९ : तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

Hardik ivf

प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि  १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

प्रहरीले पनि प्रसाईं र खड्कालाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो ।

भारतबाट पक्राउ परेका प्रसाईंलाई शुक्रबारै झापा हुँदै काठमाडौं ल्याइएको थियो ।

 

प्रकाशित मिति: १७:३३ बजे, शुक्रबार, चैत २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्