Kathmandu Press

उच्चको थुना आदेशविरुद्ध सर्वाेच्च पुगे रवि  

रवि लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट थुनामा पठाउने गरी भएको आदेशविरुद्ध  शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन्।
उच्चको थुना आदेशविरुद्ध सर्वाेच्च पुगे रवि  

काठमाडौं, चैत २९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट थुनामा पठाउने गरी भएको आदेशविरुद्ध  शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन्।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। 

उनलाई १  करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै मुद्दाको टुंगो नलाग्दासम्म थुनामा राख्ने आदेश भएको हो। लामिछाने उच्च अदालतको आदेश वमोजिम चैत २२ गते पक्राउ परी थुनामा छन्। 

उनले उच्चको थुना आदेश बेरितको रहेको बताउँदै खारेज हुनुपर्ने माग राखेका छन्। 

थुनामै रहेर पुनरावेदन गर्न पाउने कानुनी सुविधा प्रयोग गरी लामिछानेले कानुन व्यवसायीमार्फत सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्। 

प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, चैत २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्