Kathmandu Press

‘श्रम र वैदेशिक रोजगार ऐनलाई संशोधन गरिनुपर्छ’

उनले ऐन, कानुन र नियम भनेको सरकारका लागि, मन्त्रीको लागि र कर्मचारीका लागि नभइ जनताको लागि भएको बताएका हुन्।
‘श्रम र वैदेशिक रोजगार ऐनलाई संशोधन गरिनुपर्छ’

काठमाडौं, चैत २९ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐन र वैदेशिक रोजगार ऐनलाई आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले ऐन, कानुन र नियम भनेको सरकारका लागि, मन्त्रीको लागि र कर्मचारीका लागि नभइ जनताको लागि भएको बताएका हुन्।

Hardik ivf

‘रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अडचन र कानुनमा सुधार गर्न सरकारले अहिले श्रम ऐन  र वैदेशिक रोजगार ऐनलाई ध्यान दिएको छ। यसमा आवश्यक संशोधन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘शंसोधन गुर्नपर्ने कुराहरुमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने छ।’

साथै उनले शंसोधन गुर्नपर्ने कुराहरुमा सरकार र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गहिरो छलफल गर्नुपर्ने बताए। उनले रोजगार र व्यवसायलाई अगाडि बढाउनको निम्ति कानुनी अड्चनहरु समाधान गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, चैत २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्