Kathmandu Press

प्रसाईँलाई काठमाडौं अदालत लगियो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमान भद्रपुरबाट शुक्रबार काठमाडौँ ल्याइएको हो।
प्रसाईँलाई काठमाडौं अदालत लगियो

काठमाडौं, चैत २८ : पक्राउ गरी झापा हुँदै काठमाडौँ ल्याइपु¥याएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अनुसन्धानको थुना अनुमतीका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ। 

अहिले प्रसाईंको थुना म्यादका लागि अदालतमा प्रक्रिया अघि बढीरहेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बुद्ध एयरको विमान भद्रपुरबाट शुक्रबार काठमाडौँ ल्याइएको हो। उनलाई हतकडीसहित अदालत लगिएको छ। 

प्रसाईंलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर शुक्रबार बिहान नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। 

उनी गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको हिंसात्मक घटनापछि फरार थिए। 

अदालतको अनुमतीपछि उनीविरुद्धको आरोपमा थुनामा राखेर प्रहरी अनुसन्धान अघि बढ्ने छ।  
 

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, चैत २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्