Kathmandu Press

पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउन सांसदहरुको माग  

‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं। उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ,’ उनले भने, ‘लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन।’ 
पूर्वराजा शाहलाई संसदीय समितिमा बोलाउन सांसदहरुको माग  

काठमाडौं, चैत २८ : तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्मा बोलाउनुपर्ने माग सांसदहरूले गरेका छन्। 

सांसदहरुले पूर्वराजा ज्ञानेन्द्र शाह जवाफदेही हुनुपर्ने बताउँदै जवाफ माग्न संसदीय समितिमा बोलाउनुपर्ने माग गरेका हुन्। 

नेपाली कांग्रेसका सांसद एवम् सह महामन्त्री जीवन परियारले ज्ञानेन्द्र शाहलाई मानवअधिकार समितिमा डाकेर सा्धपुन छर्नुपर्ने माग गरे। उनले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने भनाई परियारको थियो। 

‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं। उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ,’ उनले भने, ‘लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन।’ 

पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको उनले बताए । एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका थिए। 

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, चैत २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्