शिक्षकका माग सम्बोधन गर्न कांग्रेस गम्भीर छ : सभापति देउवा
देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी ओली र सत्तारूढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको पनि बताए।
काठमाडौं, चैत २९ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा आप्mनो पार्टी गम्भीर रहेको बताएका छन्।
नेपाल शिक्षक संघका प्रदेश अध्यक्षहरूसँग बिहीबार भएको भेटघाटमा सभापति देउवाले शिक्षकका माग सम्बोधन हुनुपर्ने बताए।
देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी ओली र सत्तारूढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको पनि बताए। भेटघाटमा शिक्षक सङ्घका विभिन्न प्रदेशका अध्यक्षको उपस्थिति थियो।
शिक्षकहरु शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलनमा छन्। कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले पनि कांग्रेस शिक्षकको साथमा रहेको बताए।
महरले शिक्षक महासङ्घसँग यसअघि भएको सहमति र सम्झौतालाई आधारमानेर आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ताको पहल थाल्नुपर्ने भनाई महरको छ।
२०८० साल असोजमा शिक्षकहरूले राजधानी केन्द्रित आन्दोलन गरेपछि सरकारसँग छबुँदे सहमति भएको थियो । तर उक्त सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै शिक्षकहरु पुनः आन्दोलनमा उत्रिएका हुन्।
-(6)-1746543796.jpeg)