Kathmandu Press

दुर्गा प्रसाईलाई काठमाडौं ल्याइयो

प्रहरीले प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी अघि बढाइएको छ।
दुर्गा प्रसाईलाई काठमाडौं ल्याइयो
दुर्गा प्रसाईलाई प्रहरी कार्यालयबाट विमानस्थलसम्म हतकडी लगाएर भद्रपुर विमानस्थल ल्याइँदै ।

कामठाडौं, चैत २९ : बिहीबार राति भारतको आसाममा पक्राउ परेका दुर्गा प्रसाईंले काठमाडौंमा ल्याएको छ।

गत चैत १५ तीनकुनेको हिंसात्मक घटनापछि फरार रहेका प्रसाईंलाईं बिहीबार आसामबाट पक्राउ गरिएका थियो। उनलाई शुक्रबार बिहान गुवाहटीहुँदै झापा ल्याएएको थियो। 

Hardik ivf

त्यसपछि केही बेल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनलाई भद्रपुर विमानस्थलबाट विमानमा काठमाडौं ल्याइएको हो।

प्रहरी कार्यालयबाट विमानस्थलसम्म हतकडी लगाएर पु¥याइएको थियो। विमान चढेपछि खोलिएको हतकडी पुनः काठमाडौं ओलिएपछि लगाएको छ। 

प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ। त्यसका लागि प्रहरीको एक टोलीले कागजात तयार पार्दैछ।

प्रहरीले प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी अघि बढाइएको छ।

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, चैत २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्