Kathmandu Press

दुर्गा प्रसाईंका बडीगार्ड खड्का पनि पक्राउ

प्रहरीले बडीगार्ड खड्कालाई पनि आसामबाटै दुर्गा प्रसाईंसँगै प्रक्राउ गरेको हाे। 
दुर्गा प्रसाईंका बडीगार्ड खड्का पनि पक्राउ

झापा, चैत २९ : गत चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंका बडीगार्ड दीपक खड्का पक्राउ परेका छन्। 

प्रहरीले बडीगार्ड खड्कालाई पनि आसामबाटै दुर्गा प्रसाईंसँगै प्रक्राउ गरेको हाे। 

तर, प्रहरीले विज्ञप्ति नै निकालेर दुवै जनालाई भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ। ‘उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो । निजको साथबाट उनका बडिगार्ड दिपक खड्का पनिसँगै छन्,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भारतबाट शुक्रबार बिहान झापा ल्याएका उनीहरूलाई भद्रपुरबाट विमानमार्फ काठमाडौं ल्याइँदैछ।
 

प्रकाशित मिति: १२:२४ बजे, शुक्रबार, चैत २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्