Kathmandu Press

माधव नेपाल भन्छन्– राजा महाराजाको कुनै काम छैन 

उनले राजावादीहरूद्वारा आफनो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तीमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ति जलाउनेलगायतका कार्य गरेको उल्लेख गरे।
माधव नेपाल भन्छन्– राजा महाराजाको कुनै काम छैन 

रौतहट, चैत २९ : नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बर्वाद हुने भन्दै राजा महाराजाको कुनै काम नभएको बताएका छन्। उनले जनताभन्दा माथि कोही नरहेको दाबी पनि गरे। 

रौतहटको गरुडामा बिहिवार पार्टीको नवौं जिल्ला अधिवेशनको उदघाटन गर्दै उनले राजवादीहरुको तीनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे।

Hardik ivf

उनले राजावादीहरूद्वारा आफनो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तीमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ति जलाउनेलगायतका कार्य गरेको उल्लेख गरे।

‘चैत्र १५ गते राजावादिहरुले तीनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बर्वाद हुनेवाला छ । अब राजामहाराजाको कुनै काम छैन,’ उनले भने, ‘अब जनता नै सबैथोक हो। हामी सबैको सामु भनिरहेका छौं। हामी जनताको सेवामा लागिरहेका छौं। समाज परिवर्तनमा लागिरहेका छौं।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले काठमाडौंमै समाजवादी मोर्चाको आमसभा भने शान्तिपुर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन्।

पार्टीका नवौं जिल्ला अधिवेशनको पूर्ण सफलताको कामना गर्दै असल नेतृत्वको चयन गरेर जिल्लामा नेकपा एसको संगठनलाई बलियो बनाउन उनले शुभकामना दिए। 
 

प्रकाशित मिति: ११:४७ बजे, शुक्रबार, चैत २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्