Kathmandu Press

दुर्गा प्रसाईलाई आसामबाट झापा ल्याइयो, फ्लाइटमा भद्रपुरबाट काठमाडौं ल्याइँदै

अहिले उनलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ।
दुर्गा प्रसाईलाई आसामबाट झापा ल्याइयो, फ्लाइटमा भद्रपुरबाट काठमाडौं ल्याइँदै
फाइल तस्बिर।

काठमाडौं, चैत २९ : बिहीबार राति भारतको आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ। उनलाई आसामबाट शुक्रबार बिहान झापा ल्याइएको हो। 

असामबाट गुवहाटी हुँदै गाडीबाट झाप ल्याइएको उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।

अहिले उनलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ। केहीबेरमै उनलाई काठमाडौं ल्याइने छ।

१५ गतेको तीनकुने हिंत्सामक घटनापछि फरार प्रसाईंलाई नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आसामबाट पक्राउ गरेको हो। 

प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ। 
 

प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, चैत २९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्