नेपाल र बंगलादेशका नागरिकले अब दोहोरो कर तिर्न नपर्ने
काठमाडौं, फागुन २१ : नेपाल र बंगलादेशबीच मंगलबार दोहोरो कर उन्मुक्ती सम्झौता भएको छ । अर्थमन्त्रालयमा भएको सम्झौतासँगै व्यापार वा रोजगारीका माध्यमबाट ....

काठमाडौं, फागुन २१ : नेपाल र बंगलादेशबीच मंगलबार दोहोरो कर उन्मुक्ती सम्झौता भएको छ । अर्थमन्त्रालयमा भएको सम्झौतासँगै व्यापार वा रोजगारीका माध्यमबाट आर्जन गरेपछि कुनै एक देशमा मात्र कर तिरे पुग्ने भएको छ । यसबाट लगानीकर्ता र रोजगारीमा रहेकाहरू लाभान्वित हुने छन् ।
बंगलादेशसँग दोेहोरो कर उन्मुक्ती सम्झौतका लागि सरकारी स्तरमै तयारी शुरु भएको थियो । अहिले नेपाली र बंगलादेशी दुवै नागरिकले कमाएको र स्थायी बासिन्दा भएको दुवै देशमा एउटै कमाईबाट आयकर तिर्नुपरेको थियो । अब मंगलबारको सम्झौतबाट यसको अन्त्य भएको अर्थमन्त्रालयले जनाएको छ ।
सम्झौता पत्रमा अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरे र बंगलादेशका वरिष्ठ सचिव मोसरफ हुसेन भुइयाँले हस्ताक्षर गरेका छन् ।
नेपालले हालसम्म भारत, चीन, कोरिया, नर्बे, थाइल्यान्ड, श्रीलंका, मौरिसस, अस्ट्रिया र पाकिस्तानसँग दोहोरो कर उन्मुक्ती सम्झौता गरेको छ । पछिल्लो समय नेपालले बेलायतसँग सम्झौता गर्न अनुमति दिइसकेको छ ।
नेपालको आयकर ऐन, २०५८ को दफा ७३ मा नेपाल सरकारले कुनै पनि विदेशी सरकारसँग दोहोरो कर नलाग्ने सम्झैता गर्नसक्ने व्यवस्था गरिदिएको छ ।











-1754206481.jpg)