दुर्गा प्रसाईं पक्राउ
त्यसयता उनले सामाजिक सञ्जालबाट भिडिओ सार्वजनिक गर्दै आफू नेपालमै रहेको बताउँदै आएका थिए।
काठमाडौं, चैत २८ : काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईं पक्राउ परेका छन्।
प्रसाईं बिहीबार भारतबाट पक्राउ परेका हुन्। उनी भारतको आसामबाट पक्राउ परेका हुन्। पक्राउ परेका प्रसाईंलाई प्रहरीको टोलीले नेपाल ल्याउँदैछ।
चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा तीनकुनेमा दुई जनाको मृत्यु भएको थियो।
राजसंस्था पुनस्थापनाको माग राख्दै भएको प्रदर्शनमा दर्जन बढी घर र सवारी साधनमा राजावादीहरूले आगजनी गरेका थिए।
उक्त प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए।
प्रदर्शनको रातदेखि नै उनी फरार थिए।
त्यसयता उनले सामाजिक सञ्जालबाट भिडिओ सार्वजनिक गर्दै आफू नेपालमै रहेको बताउँदै आएका थिए।
प्रहरीले केही दिन अघि प्रसाईंकै बि एण्ड सी मेडिकल कलेजबाट उनी चढेको गाडी फेला पारेको थियो।
प्रकाशित मिति: २१:१७ बजे, बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार