Kathmandu Press

ज्ञानेन्द्र शाहलाई कसैले धोएर पनि संवैधानिक बनाउन सकिँदैन: महामन्त्री थापा 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कसैले धोएर पनि संवैधानिक बनाउन नसक्ने बताएका छन्। 
ज्ञानेन्द्र शाहलाई कसैले धोएर पनि संवैधानिक बनाउन सकिँदैन: महामन्त्री थापा 

काठमाडौं, चैत २८ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कसैले धोएर पनि संवैधानिक बनाउन नसक्ने बताएका छन्। 

महामन्त्री थापाले ‘निर्मल निवासमा बसेर उत्पात मच्चाउने ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा राखेको भए के गर्थे ?’ भन्दै प्रश्न समेत गरे। काठमाडौं कांग्रेस क्षेत्र नम्बर– २ को दोस्रो प्रदेश सम्मेलनलाई संवोधनका क्रममा थापाले बिहीवार यस्तो भनाई राखेका हुन्। उनले लडेर ल्याएको गणतन्त्र र व्यवस्थामा कमजोरी भए सच्याउन सकिने पनि बताए। 

उनले कांग्रेसको महाधिवेशनका विषयमा अलमल नभएको पनि बताए।

उनले ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवशेन हुने दाबी समेत गरे। अर्को प्रसङ्गमा स्थानीय तहले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको बताउँदै यस्तो कार्यशैलीमा सुधार गर्नुपर्ने पनि उनले बताए।

महामन्त्री थापाले संघीयता कार्यान्वयन निम्ति आवश्यक कानुन समयमा बन्न नसकेकाले समस्या देखिएको बताउँदै कानुन निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्ने भनाई पनि राखे।

प्रकाशित मिति: १९:५६ बजे, बिहीबार, चैत २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्