Kathmandu Press

चित्रबहादुर केसीले स्मरण गराए गिरिजा प्रसादसँगको त्यो भेट 

राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको काठमाडौँ केन्द्रित संघीयताविरुद्धको आन्दोलनको विहीबार समापन गर्दै यस्तो भनाइ राखेका हुन्।
चित्रबहादुर केसीले स्मरण गराए गिरिजा प्रसादसँगको त्यो भेट 

काठमाडौं, चैत २८ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै विदेशी दबाबमा संघीयताको भारी बोकाइएको बताएका छन् । 

राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको काठमाडौँ केन्द्रित संघीयताविरुद्धको आन्दोलनको विहीबार समापन गर्दै यस्तो भनाइ राखेका हुन्।

राजमो अध्यक्ष केसीले पाँचदिनसम्म सञ्चालिन राजधानीकेन्द्रित आन्दोलनलाई बिहीबार काठमाडौँको कपनस्थित सुकुन्दा पार्टी प्यालेसको सभाहलमा कार्यक्रम गरी समापन गरेका हुन्।

Hardik ivf

‘संघीयता नेपालको आवश्यकता पनि होइन, चाहना पनि होइन, जनताले माग गरेका पनि होइनन्’ उनले भने, ‘कांग्रेस र एमालेले पनि संघीयता चाहेका होइनन् । विदेशीको दबाब अगाडि नतमस्तक भएर स्वीकार गरेका हुन्,’ समापन कार्यक्रममा केसीले भने।

एक प्रसङ्गमा केसीले २०६३ सालमा मधेश केन्द्रित दलहको दबाबमा अन्तरिम संविधानमा संघीयता थप गरेपछि आफूले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेको स्मरण गर्दै त्यसबेला कोइरालाले निरिहता प्रकट गरेको पनि बताए।

‘मैले गिरिजाबाबुलाई सोधें– तपाईंले संघीयता हुन्छ त भन्नुभयो । कसरी पाल्नुहुन्छ त अब भनेर । गिरिजाबाबुले ३९ जना त मराइसक्यो । तराईमा अझै कति मराउने हो ? हुन्छ नभनेर के गर्ने त भन्नुभयो ।’

साथै, केसीले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनप्रति आपत्ति जनाउँदै जनताले लडेर ल्याएको गणतन्त्र कुनै पनि हालतमा गुम्न नदिने दृढतासमेत जनाए । राजमोले चैत २४ गतेदेखि काठमाडौँमा संघीयताको खारेजी, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि आन्दोलन सञ्चालन गरेको थियो।

काठमाडौंको रत्नपार्क शान्तिवाटिकामा जनसभाबाट आन्दोलन शुरु गरेको राजमोले दोस्रो दिन चाबहिल, तेस्रो दिन माइतीघर मण्डलामा जनसभा, चौथो दिन भृकुटीमण्डपमा जनसभा गरेको थियो।

जनमोर्चाले कार्यक्रमप्रति जर्मन एमएलपीडीलगायत विदेशी भाइचारा पार्टीका प्रतिनिधिले समेत ऐक्यवद्धता जाहेर गरेको जनाएको छ। 

राजमोले काठमाडौंमा बढ्दो प्रदूषणका कारण दुई दिन छोट्याएर आन्दोलनको समापन गरेको हो । यसअघि २०६६ सालमा पनि १५ दिनसम्म काठमाडौँ केन्द्रित आन्दोलन गरिएको थियो।

प्रकाशित मिति: १९:४६ बजे, बिहीबार, चैत २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्