Kathmandu Press

नेपाल बार अध्यक्षमा मिश्र विजयी, कसले कति मत ल्याए?

मिश्रले ५०५२ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी रमन श्रेष्ठले २६२१ मत ल्याए ।
नेपाल बार अध्यक्षमा मिश्र विजयी, कसले कति मत ल्याए?

काठमाडौं, चैत २८ : नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा.विजयप्रसाद मिश्र विजयी भएका छन्।
 
नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मिश्र विजयी भएको घोषणा गरिएको हो।

बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डा. मिश्र विजयी भएका हुन्।  

उनी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष बनेका हुन्। मिश्रले ५०५२ ल्याउँदा श्रेष्ठले २६२१ मत मात्र ल्याए।

Hardik ivf

महासचिवमा पनि डा.मिश्रको समूहकै केदारप्रसाद कोइराला विजयए भए। उनले कोइरालाले ५०८७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरेका छन्।

यस्तो छ अन्तिम परिणाम

Photo-(2)-(35)-1744277679.jpeg

Photo-(3)-(30)-1744277679.jpeg

Photo-(1)-(44)-1744277745.jpeg

 

प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, चैत २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्